Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ०३ मंसिर २०७८, १० : ४८ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंक लिमिटेडले ७ हजार ५ सय ८५ कित्ता संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ ।

बैंकले गत असोज २० गते सूचना प्रकाशन गर्दै संस्थापक सेयरधनीहरुलाई उक्त सेयर खरिद आह्वान गरेको थियाे । तर संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाे हुनाले बैंकले फेरि अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो । बैंकले सेयरकाे मूल्य भने ताेकेकाे छैन ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6197320d85e9a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको