Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेप्से

शुक्रबार, ०३ मंसिर २०७८, १२ : ५१ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ११ लाख ७८ हजार २ सय २१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

 त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीकाे लाभांश असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा सम्पन्न भएकाे आठौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे ३.८ प्रतिशत बाेनस बापतकाे एक लाख ९० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई  ३.८० प्रतिशत बोनस सेयर र  ०.२० नगद (कर प्रयाेजनका लागि) गरि कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको