Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

आइतबार, ०५ मंसिर २०७८, ०६ : ४५ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फर्स्ट माइक्रोफाइनान्स अघुवित्त वित्तिय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

संस्थाको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ९ सय २१ रूपैयाँ ८१ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य एक हजार १४ रुपैयाँ ८० का आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको कार्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको बाह्रौँ वार्षिक साधारण सभा मंसिर १६ गते, बिहीबार आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाको भदौ १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद गरी कुल १०।५३ प्रतिशत लाभांश वितरण गर्ने पस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर आज ५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको