सानिमा बैंकले अब आफ्नो ग्राहकहरुबाट आईपीओ आवेदन गर्दा सि आस्वा शुल्क बापत २० रुपैयाँ शुल्क लिने भएको छ । यसअघि बैंकले नि:शुल्क रुपमा सेवा प्रवाह गरिरहेको थियो । पहिले नि:शुल्क रुपमा आवेदन दिन पाइरहेका लगानीकर्ताहरुले एकै पटक २० रुपैयाँ शुल्क लाग्ने म्यासेज आफ्नो फोनमा आएपछि विभिन्न माध्यमहरुबाट आक्रोश व्यक्त गरिरहेका छन् ।
नेपालका बैंकहरुले निशुल्क देखि अधिकतम एक सय रुपैयाँसम्म सि-आस्वा शूल्क लिइरहेको पाइन्छ । कतिपय वाणिज्य बैंकहरुले १०० रुपैयाँसम्म सि-आस्वा शुल्क लिइरहँदा पनि नबिल, एनआईसी एशिया, सिद्धार्थ, ग्लोबल आइएमई, मेगा र राष्ट्रिय वाणिज्य बैंकहरुले भने हालसम्म पनि निःशुल्क आस्वा सेवा दिँदै आएका छन् ।
केहि दिन अघि मात्र सानिमा बैंकमा सि-आस्वा शुल्क लाग्दैन किन अरु बैंकमा खाता खोल्नु भनेर सानिमा बैंकमा नै खाता खोलेको तर अस्ति शुक्रबार एक्कासी मोबाइलमा म्यासेज आँउछ अबदेखि हरेक पटक आईपीओमा आवेदन गर्दा २० रुपैयाँ शुल्क लाग्नेछ रे अब फेरी अर्को नि: शुल्क सेवा दिने बैंक नै खाज्नुपर्ने भयो शुल्क तिर्नुभन्दा बैंक नै परिवर्तन सस्तो देखियो सानिमा बैंकको सेवा लिइरहेकी एक लगानीकर्ताले भनिन् ।
उनी अझै थप्छिन् अब एक वर्षमा करिब २० वटा कम्पनीको आईपिओ त खुल्छ नै २० वटा कम्पनीको आईपीओमा आवेदन गर्दा एक वर्षमा ४०० रुपैयाँ त सी-आस्वा शुल्क नै तिर्नुपर्ने भयो अझ मेरो सेयर र डिम्याट खाताको नविकरण शुल्क त छँदैछ यति गरेर पनि एउटा कम्पनीको पनि आईपीओ पर्ने हैन एक दुई वटाको परिहाले पनि सि-आस्वा र नविकरणमा नै ठिक्क हुने भयो नि कसैले नि: शुल्क दिन पनि मिल्ने अनि कसैले जति मन लाग्यो त्यति शुल्क लिन पाउने ? याे कस्तो कानुन ?
अहिले आईपीओ निष्कासन गर्ने अधिकांश कम्पनीको आईपीओमा मागभन्दा कैयौँ गुणा बढी आवेदन पर्ने हुँदा अधिकांश लगानीकर्ताहरुको हात खाली हुने गरेको छ कतिपय लगानीकर्ताहरुले १५ वटा कम्पनीको आईपीओमा आवेदन गर्दा समेत आईपीओ नपरेको तर सि-आस्वा शुल्क मात्र ३०० तिरेको भन्दै उनीहरुले आईपीओ परेकासँग मात्र सि-आस्वा शुल्क लिने नियम बनाउन उनीहरुको माग छ ।
अब सिआस्वा शुल्क बापत २० रुपैयाँ शुल्क लाग्ने भन्दै बैंकले आफ्ना ग्राहकलाई पठाएको सन्देशः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस