विगत केहि समय देखि लगानीकर्ताले रुचाएका कम्पनीहरु मधे एक हो : नेशनल हाइड्रोपावर कम्पनि लिमिटेड (NHPC) । कुनै बेला बजारमा ४९ रुपैयाँमा आउदै गर्दा मार्केटदेप्थमा खरिदकर्ता नै नदेखिने NHPC को बजारमूल्य आज आइतबार ४५८ रुपैयाँ पुगेको छ। लगानीकर्ताहरु किन आकर्षित हुदै छन् त NHPC प्रति भन्ने विषयमा हामीले यो विष्लेशणात्मक आलेख तयार परेका छौ ।
NHPC मा आकर्षण देखिनुको मुख्य कारण:
NHPC ले भर्खरै मात्र तल्लो इन्द्रावती जलविधुत आयोजनाको लाइसेन्स पाएको छ । सोहि आयोजनाको लाइसेन्स खारेज भैसके पश्चात करिब ६५ करोड रुपैयाँ प्रोभिजनमा गएको NHPC ले अब सो ६५ करोड रुपैंया राइटब्याक गर्नेछ । सो प्रोभिजन राइटब्याक गरिसकेपछि कम्पनीको ब्यालेन्स शिट आकर्षक देखिनेछ । साथै अब निकट भविष्यमै कम्पनीले बोलाउने साधारणसभाबाट लाभांस समेत पारित गरिने जानकारी कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले अर्थसंसारलाइ दिएका छन् ।
प्राविधिक रुपमा के देखिन्छ ?
आज बजार घट्दै गर्दा पनि बढ्ने कम्पनिहरुमध्ये NHPC पनि एक हो। आज NHPC मा राम्रो भोलुम सहितको बुलिश क्यान्डल बनेको छ। अब लगानीकर्ताले हेर्नुपर्ने बिन्दु ४७८ को बिन्दु हो। राम्रो भोलुम सहित ४७८ को बिन्दुलाई क्रस गर्न सकेको खण्डमा अर्को टार्गेट ५२२ को हुनेछ। ५२२ को बिन्दुलाई पनि क्रस गर्न सफल भएको खण्डमा NHPC को बजार मूल्य ५६७ सम्म सजिलै पुग्न सक्ने देखिन्छ।
यदि मूल्य घटेमा ४२१ को बिन्दुमा बलियो सपोर्ट रहेको छ।
RSI ५९.५८ को लेभलमा छ। यदि RSI ६० भन्दा माथि जान सफल भयो भने कम्पनीको मुल्यमा ठुलो अपवार्ड मुभ आउन सक्ने देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस