नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।
बैंककाे १२.६११ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ८ रूपैयाँ ४९ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले आइतबारकाे अन्तिम कारोबार मूल्य ४ सय ६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.६१११ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस