Like us!
Follow us!
Connect us!
Watch us!

लाइफ इन्स्योरेन्स कर्पोरेशनकाे नयाँ बोनस दर सार्वजनिक, कुन याेजनामा कति बाेनस ?

अर्थ संसार

सोमबार, ०६ मंसिर २०७८, १२ : ४८ मा प्रकाशित

लाइफ इन्स्योरेन्स कर्पोरेशनकाे नयाँ बोनस दर सार्वजनिक, कुन याेजनामा कति बाेनस ?

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले नयाँ बाेनस दर कायम गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट कार्तिक ३० गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूकाे आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हाे ।

कम्पनीले सावधिक जीवन बीमा, जीवन विद्या, जीवन साथी बीमा योजनामा प्रति हजार न्यूनतम न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस कायम गरेकाे छ । यस्तै, कम्पनीकाे जीवन आनन्द र बाल सवाधिक बीमा योजनामा न्युनतम ५५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यसैगरी, धनवृष्टि बीमा योजनामा ५५ रुपैयाँ र धन फिर्ता बीमा योजनामा न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बाेनस पाइनेछ । कम्पनीकाे बाल ममता बीमा योजनामा न्युनतम ५५ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बाेनस पाइनेछ । यस्तै, कम्पनीकाे जीवन तंरग बीमा योजनामा न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँ र जीवन बचत बीमा योजनामा ४५ रुपैयाँदेखि ६६ रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले सार्वजनिक गरेको नयाँ बोनस दर यस प्रकारकाे छ :

619b410f7b162.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको