Like us!
Follow us!
Connect us!
Watch us!

चीनले किन तोड्यो लिथुआनियासँगको सम्बन्ध ?

अर्थ संसार

सोमबार, ०६ मंसिर २०७८, १३ : ३८ मा प्रकाशित

चीनले किन तोड्यो लिथुआनियासँगको सम्बन्ध ?

चीनले लिुथुआनियासँगको कूटनीतिक सम्बन्ध तोडेको छ । राजधानी भिलनिअसमा तााइवनलाई दूतावास खोल्ने अनुमति दिएपछि चीनले लिुथुआनियासँगको सम्बन्ध तोडेको हो । ताइवानलाई चीनले आफ्नो एउटा अभिन्न प्रान्तको रुपमा व्यवहार गर्दै आएको छ, यद्यपी ताइवानले आफूलाई सार्वभौम सम्पन्न देश ठान्छ । 

आफ्नो अभिन्न अंश भएकोले ताइवानसँग कूटनीतिक सम्बन्ध स्थापित नगर्न बेइजिङले विभिन्न देशलाई दवाव दिँदै आएको छ । ताइवानलाई दूतावास खोल्न अनुमति दिएपछि लिथुआनियासँग क्रुद्ध बनेको चीनले यसअघि नै आफ्ना राजदूत फिर्ता बोलाएको थियो ।

ताइवानले बिहीबार मात्र लिथुआनियामा आफ्नो सम्पर्क कार्यलय खोलेको थियो ।  युरोप र अमेरिकामा खोलिएका ताइवानका अन्य कार्यलयले राजधानी सहर ताइपेयको नाम उल्लेख गरेपछि बेइजिङ रुष्ट छ । ताइवानले जुनसुकै देशसँग सम्बन्ध स्थापित गरे पनि उ चीनको अभिन्न अंश हो भन्ने कुरा बिर्सन नहुने बेइजिङले ताइवानलाई सचेत गराउँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको