Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंक खाता खल्तीमा लिङ्क गर्दा बोनस र स्मार्टफोन उपहार

अर्थ संसार

मंगलबार, ०७ मंसिर २०७८, १२ : ३९ मा प्रकाशित

सेञ्चुरी बैंक खाता खल्तीमा लिङ्क गर्दा बोनस र स्मार्टफोन उपहार

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीमा सेन्चुरी बैंक खाता लिङ्क गर्ने जो कोहीले पनि १०० रूपैयाँ बोनस प्राप्त गर्ने भएका छन् । साथै, एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन् । 

यो बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट 'खल्ती' सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ। त्यसैगरी, प्रयोगकर्ताको 'खल्ती' वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ।केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट 'खल्ती' मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ।

यो १०० रूपैयाँ बोनस अफर मंसिर ३ गतेदेखि पुष ४ गतेसम्म 'खल्ती' सँग सेन्चुरी बैंक लिंक गर्ने जो कोहीलाई लागु हुन्छ।

सेन्चुरी बैंक खाता 'खल्ती'मा लिङ्क गर्न, प्रयोगकर्ताहरूले निम्न कुराहरू गर्नुपर्छ:

१. 'खल्ती' को होमस्क्रिनमा रहेको ‘Link Bank Account’ मा ट्याप गर्ने, 

२. त्यहाँ "लिंक बैंक टु खल्ती" मा ट्याप गर्नुहोस्, 

३. सेन्चुरी बैंक छानी बैंक खाता नम्बर हाल्ने र सब्मिटमा ट्याप गर्ने, 

४. जानकारी ठिक छ भने ‘लिंक बैंक k’ मा ट्याप गर्ने, 

५. आफ्नो मोबाइलमा प्राप्त गरिएको ओटिपी (भेरिफिकेसन कोड) भर्ने र भेरिफाइमा ट्याप गर्ने,

६. अब तपाईंको ‘'खल्ती'’ बाट बैंक खाता तुरुन्तै लिंक हुनेछ । 

यस लगायत खल्तीमा थप १६ बैंकको खाता लिंक गर्न सकिन्छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको