Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २७५० को सपोर्ट ब्रेक, २७२० को विन्दुको के छ महत्व ?

अर्थ संसार

मंगलबार, ०७ मंसिर २०७८, १६ : ०७ मा प्रकाशित

नेप्सेमा २७५० को सपोर्ट ब्रेक, २७२० को विन्दुको के छ महत्व ?

साताको तेस्रो दिन मंगलबार बजार ३२.३१ अंकले घटेर बन्द भएको छ।  बजारले २४८० बाट बढ्न सुरु गरिसकेपछि बनाएको अप ट्रेन्ड लाइनलाइ ब्रेक गरेको छ ।  यसभन्दा अगाडिका विश्लेषणहरुमा हामीले बजारले २७५० को लेभललाई सपोर्ट बनाइरहेको र २७५० भन्दा माथि माथि रहँदै गर्दा बजार अझ माथि जाने सम्भावना रहने तर २७५० बाट तलतिर भोलुम सहित झर्यो भने अझै घट्न सक्ने बताएका थियौ।  

आज बजार घट्दै करिब २७२० सम्म झरेर त्यहाँबाट उकालो लाग्दै करिब २७३३ को बिन्दुमा क्लोज भयो। आजको बजारमा विशेष के के देखियो ?
सुरुवाती २ घण्टाको अवधिमा बजार केहि अंकले घटे तापनि कारोबार रकम भने निकै न्युन थियो।  त्यसपछि कारोबार रकम बढ्दै गयो र बजार घट्दै गयो।  बजार घट्दै गएर २७२० को आसपास पुगिसकेपछि बजारमा खरिद चाप देखियो जसको कारण बजार २७२० भन्दा करिब १३ अंक माथि जादै २७३३.१२ मा बन्द भयो।  

२७२० तिरको एरियाको केहि महत्व छ ? 

विश्व प्रसिद्ध फ़िबोनासि रिट्रेशमेन्ट प्रयोग गरि हेर्दा करिब ३२३० को आसपासबाट बजार खसेर २४७७ को बिन्दुतिर बाट बढ्न सुरु गरि २८७७ सम्म पुगेर  २८७७ को बिन्दुबाट झर्दै गर्दा २७२४ को बिन्दु भनेको ०.३८२ को रेसियोको बिन्दु हो।  सामान्यतया बजार एउटा बिन्दुबाट बढ्न सुरु गरेर एउटा निश्चित बिन्दुसम्म पुगी त्यहाँबाट खस्न थालिसकेपछि ०.३८२ को लेभललाइ सपोर्ट लिएर अगाडी बढ्नुलाइ निकै सकारात्मक रुपमा लिइन्छ।  भोलि बजारले २७२० लाइ रेस्पेक्ट गर्दै २७२० भन्दा माथि नै बसेको अवस्थामा बजारको यात्रा माथितिरको हुन सक्छ तर यदि २७२० लाइ रेस्पेक्ट गर्न नसकी त्यो बिन्दुबाट पनि तलतिर खस्न थाल्यो भने बजार अझै तल्लो बिन्दुतिर झर्न सक्ने सम्भावना रहन्छ।  

नोटः माथि गरिएको विश्लेषणको आधारमा खरिद-बिक्रिको निर्णय नलिनुहोला ।  शेयर बजार जोखिमको क्षेत्र हो । लगानीकर्ताले  शेयर खरिद-बिक्रि गर्दा स्व-अध्ययन र स्वविवेक प्रयोग गर्नुहोला ।  

619cc1cb4828a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको