Like us!
Follow us!
Connect us!
Watch us!

साढे चार करोडको लगानीमा इलाममा बन्यो फनपार्क

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, १४ : ४३ मा प्रकाशित

साढे चार करोडको लगानीमा इलाममा बन्यो फनपार्क

इलाम नगरपालिका-७ मा साढे चार करोडको लगानीमा फनपार्क निर्माण भएको छ । पार्कको नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले संयुक्त रूपमा उद्घाटन गरेका छन् । बालबालिका र वयस्कहरूको मनोरञ्जनका लागि फनपार्क निर्माण गरिएको हो । 

फनपार्कमा चारवटा डिब्बा भएको मिनी रेल, रोटे पिङ, एडल्ट बुल राइड, ढिकिच्याउ, स्प्रिङ जम्पर, चप्लेटि, फ्लाइङ कार, कोलम्बस राइडलगायतका खेल सामग्री छन् । फनपार्कमा १४ वटा खेल्ने सामग्री र १६ वटा अन्य भौतिक वस्तु निर्माण गरिएको इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाईंले जानकारी दिए । फनपार्कमा शाैचालय, पिलर अप लाइट, वालअफ नलेज, प्रवेशद्वार, टिकट काउन्टर, क्यान्टिन निर्माण गरिएको छ ।

चार करोड ५७ लाख ४१ नौ सय ७७ रुपैयाँको लागानीमा फनपार्कको निर्माण पूरा भएको नगरपालिकाले जनाएकाे छ । नगर विकास कोषको तीन करोड ३५ लाख ३० हजार ऋण र इलाम नगरपालिकाको एक करोड २२ लाख फनपार्क निर्माणमा लगानी गरिएको छ । नगर विकास कोषले दुई वर्ष सहुलियतसहित २० वर्षमा साँवा ब्याज भुक्तानी गरिसक्नुपर्ने गरी ऋण उपलब्ध गराएको हो ।

इलाम नगरपालिकाले नगर विकास कोषलाई पहिलो किस्ताबापत २४ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । नगरपालिकाले ३६ किस्तामा कोषको सावा ब्याज भुक्तानी गरिसक्ने लक्ष्य राखेको छ । नगरपालिकाले अन्तिम किस्तामा पुग्दा दश लाख ४३ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।

आदर्श माविको जग्गामा नगरपालिकाले बनाएको फनपार्क पाँच वर्षसम्म इलाम नगरपालिकालेनै सञ्चालन गर्नेछ । त्यसपछि भने फनपार्कको सञ्चालन आदर्श माध्यमिक विद्यालयले गर्नेछ । आदर्श माविको तीन रोपनी तीन पैसा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कको पाँच वर्षपछि आम्दानीसमेत विद्यालयकै हुने छ ।

नगर विकास कोषको ऋण भने नगरपालिकालेनै भुक्तानी गर्नेछ । फनपार्कबाट वार्षिक ४५ लाख ५६ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ । त्यसको सञ्चालन र व्यवस्थापनको लागि २७ लाख ५८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । फनपार्कबाट वार्षिक १७ लाख ९८ हजार रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान छ ।

बालबालिकाबो संविधानप्रदत्त अधिकार कार्यान्वयनको नगरपालिकाले फनपार्क निर्माण गरेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत बताउँछन् । फनपार्क सञ्चालबाट हुने आम्दानीले आदर्श माविको गुणस्तर विकासमा सहयोग पुग्ने प्रमुख बस्नेतको विश्वास छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको