Like us!
Follow us!
Connect us!
Watch us!

१०.३२ प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

विहीबार, ०९ मंसिर २०७८, ०७ : २६ मा प्रकाशित

१०.३२ प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे हिजाे (मंसिर ८ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे सत्ताइसाैँ वार्षिक साधारण सभा पाैष १ गते, बिहीबार एभरेष्ट बैंक लिमिटेडकाे केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको आज कार्तिक १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १६ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

619eeb7a12af2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको