Like us!
Follow us!
Connect us!
Watch us!

एसइईको नतिजा आज आउदै

अर्थ संसार

विहीबार, १३ असार २०८१, ०७ : ५७ मा प्रकाशित

एसइईको नतिजा आज आउदै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ  ।

यस अघि बुधबार नतिजा सार्बजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक काम नसकिएकाले नतिजा आज सार्बजनिक गर्ने भएको हो । नतिजा प्रकाशनका लागि विहिबार बिहान बोर्ड बैठक बोलाइएको छ । 

कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताएका छन् । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने भएको छ ।

गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको