Like us!
Follow us!
Connect us!
Watch us!

मोदीको वाराणसीबाट 'ह्याट्रिक' जित, मतान्तर भने घट्यो

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, १८ : ५५ मा प्रकाशित

मोदीको वाराणसीबाट 'ह्याट्रिक' जित, मतान्तर भने घट्यो

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उतार प्रदेशको वाराणसी निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक जित हासिल गरेका छन् । मोदीले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतान्तरले पराजित गरेका हुन् । 

मोदीले ६ लाख १२ हजार ९७० मत प्राप्त गरेका छन् भने रायले ४ लाख ६० हजार ४५७ मत पाएका छन् ।

यस पटक मोदीको जित अन्तर भने घटेको छ । अघिल्लो २०१९ को निर्वाचनमा मोदीले समाजवादीकी शालिनी यादवलाई ४ लाख ७९ हजार ५०५ मतान्तरले पराजित गरेका थिए ।

२०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ३ लाख ७१ हजार ७८४ मतान्तरले हराएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको