Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड : तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १७ : ५८ मा प्रकाशित

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड : तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) आज साउन ३१ गते, बुधबार बाँडफाँड गरिएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार उक्त आईपीओकाे बाँडफबाँड अहिले साँझ ५:३० बजे भएकाे थियाे । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म कुल १३ लाख ६४ हजार ३ सय ५३ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । जसमध्ये, १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्रै योग्य रहेकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ९ लाख ६० हजार जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् ।  । बाँकीको भने हात खाली भएकाे छ । 

कम्पनीले सर्वसाधारणका लागि साउन २३ गतेदेखि साउन २६ गतेसम्म आईपीओ बिक्री गरेकाे थियाे । कम्पनीले १०० रूपैयाँ फेस भ्यालुमा १५७ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।जसमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरी बाँडफाँड गरिएको थियाे  । कर्मचारीहरूका लागि भने ६ लाख कित्ता आईपीओ प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमै बिक्री गरिएको हो ।साेबाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ९६ लाख कित्ता आईपीओ भने सर्वसाधारणका लागि निष्कासनमा ल्याएको हो । 

तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् रिजल्ट

कम्पनीकाे आईपीओको नतिजा केही समयपछि प्रकाशन गरिनेछ ।   नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ । सीडीएस एण्ड क्लियरिङले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट www.iporesult.cdsc.com.np, निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडकाे वेबसाइट, रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको वेबसाइट र मेराे सेयरबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको