Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, ११ : ०० मा प्रकाशित

मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको पहिलो चरणको आईपीओ आज (साउन १६ गते, मंगलबार) बाँडफाँड गरिएकाे छ । कम्पनीले पहिलाे चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक राेजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेकाे थियाे । 

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेकाे थियाे। सो सेयरका लागि दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं ४ र कालिञ्चोक गाउँपालिका वडा नं.३ का बासिन्दाहरुले आवेदन दिन सक्दथे।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरिएकाे थियाे।

वैदेशिक राेजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओमा कुल २५ हजार २ सय १९ जनाको आवेदन परेकोमा १ जनाको आवेदन रद्द भई २५ हजार २ सय १८ जनाको आवेदन मात्र योग्य भएको छ । सबै योग्य आवेदकलाई न्युनतम १० कित्ता सेयर बाँडफाँड गर्न नपुग्ने भएकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको थियाे । गोलाप्रथाबाट बाँडफाँड गर्दा २० हजार जनाले १० कित्ता सेयर पाएका छन् । बाँकी आवेदककाे भने हात खाली भएकाे छ ।

त्यस्तै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको आईपीओमा जम्मा ७ सय २२ जनाको आवेदन परेको थियाे । ७ सय २२ जना आवेदकले नै आफूले माग गरे बमोजिम सेयर पाएका छन् ।  कुल १ लाख ८३ हजार ३ सय ८० कित्ता सेयर बाँडफाँड भएको छ । अब स्थानीयले खरिद नगरेको ६ लाख १६ हजार ६ सय २० कित्ता सेयर सर्वसाधारणमा निष्कासन हुनेछ ।  

कसरी हेर्ने नतिजा ?

कम्पनीकाे आईपीओकाे नतिजा निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटकाे वेबसाइट https://bokcapital.com.np/, मनकामना इन्जिनियरिङ्ग हाइड्रोको वेबसाइट http://www.hydromanakamana.com.np/, सीडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट https://iporesult.cdsc.com.np/ र मेराे सेयरबाट हेर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको