Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायी कार्की छैटौं पटक उत्कृष्ट करदाता घोषित

अर्थ संसार

विहीबार, ०९ मंसिर २०७८, १० : ०५ मा प्रकाशित

व्यवसायी कार्की छैटौं पटक उत्कृष्ट करदाता घोषित

कटारीस्थित नेपाल ट्रेडिङ एण्ड हार्डवेयर्स प्रालिका सञ्चालक प्रयास कार्की उत्कृष्ट करदाता घोषित भएका छन् ।

कार्कीको कम्पनीले आर्थिक वर्ष ०७६/०७७ मा ४६ लाख ४ हजार ४ सय कर तिरेर साविककाे सगरमाथा अञ्चलमै सबैभन्दा बढी कर तिर्ने व्यवसायीको पहिचान बनाएको करदाता सेवा कार्यालय गाईघाटले जानकारी दिएको छ ।

कार्की निरन्तर छैटौँ पटक उत्कृष्ट करदाता घोषित भएका हुन् ।

१२ माघ २०७७ मा पेस आय विवरण अनुसार ट्रेडिङले ३९ करोड ९६ लाख १६ हजार कारोबार गरेको थियाे । जसमा १ करोड ८४ लाख १७ हजार रुपैयाँ करयोग्य आय गर्न सफल भएको करदाता सेवा कार्यालयका सूचना अधिकारी रेखबहादुर मगरले जानकारी दिए ।  कार्कीले ४६ लाख आयकर तिरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको