नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षकाे नियुक्तिलाई फेरी आवेदन खुल्ने भएकाे छ । बोर्डको नयाँ अध्यक्ष छनोटका लागि मन्त्रीपरिषद् बैठकले समिति छनोट गर्ने भएको छ । मन्त्रीपरिषद् बैठकले समिति छनोट गरेपछि साेही अनुसार मात्रै नयाँ अध्यक्ष छनाेटकाे प्रकृया अघि बढ्नेछ ।
बोर्ड अध्यक्ष छनोटका विषयमा कानूनी रुपमा विवाद देखिएपछि नयाँ समिति गठन गरिने भएकाे हाे । धिताेपत्र समिति ऐन अनुसार नेपाल सरकारकाे तर्फबाट मन्त्रीपरिषद् बैठकले छनाेट समिति गठन गर्नुपर्नेछ । यसअघि भने अर्थ मन्त्रालयले समिति बनाएकाे थियाे ।
यसअघि नेपाल धितोपत्र बोर्डले अध्यक्षका लागि खोलेको विज्ञापनमा ११ जनाबाट आवेदन परेको थियाे । बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अमगाईँ, अनिल पौडेल, कृष्ण आचार्य र हेमन्त बस्यालको आवेदन दिएका थिए ।
अब फेरि बाेर्डकाे अध्यक्षकाे लागि नयाँ आवेदन लिने वा पुरानैलाई निरन्तरता दिने भन्ने विषयमा नयाँ गठन हुने समितिले निर्णय गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस