Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार विशेष : 'सस्तोमा सेयर किन्ने अवसर आउन सक्छ, अवसरको भरपुर सदुपयोग गर्ने बेला हो '

अर्थ संसार

शनिबार, ११ मंसिर २०७८, १२ : ३८ मा प्रकाशित

शनिबार विशेष : 'सस्तोमा सेयर किन्ने अवसर आउन सक्छ, अवसरको भरपुर सदुपयोग गर्ने बेला हो '

विगत १८ महिना यता नेपालको सेयर बजार बुलिस ट्रेन्डमा छ। यसबीचमा धेरै नयाँ लगानीकर्ताहरु थपिएका छन् भने बजारमा नयाँ- नयाँ विश्लेषकहरु पनि थपिएका छन्। तीमध्ये केही विश्लेषकहरुलाई लगानीकर्ताहरुले निकै रुचाएका पनि छन् । तिनै लगानीकर्ताले अत्याधिक रुचाएका लोकप्रिय सेयर विश्लेषक मध्येका एक हुन्, रामहरी नेपाल।

विगत लामो समयदेखि सेयर बजारमा लगानी गर्दै आएका नेपालसँग बुल र बियर दुवै साइकलको राम्रो अनुभव छ। आफ्नो युट्युब च्यानल मार्फत सेयर बजारको आधारभूत र प्राविधिक दुवै दृष्टिकोणबाट विश्लेषण गर्दै आएका नेपालको युट्युब च्यानललाई आजको मितिसम्म करिब ६६ हजार ५ सय जनाले सब्स्क्राइब गरिसकेका छन् । नेपाल वि. स. २०४५ सालमा काभ्रे जिल्लाको मन्दन देउपुरमा जन्मिएका हुन्। आफुले जानेका कुराहरु अरुसँग बाड्न मन पराउने स्वभावका नेपाल निकै सरल र शालीन छन् । आजको शनिबार विशेष अंकमा प्रस्तुत गर्दै छौँ उनै सेयर बजारका लोकप्रिय विश्लेषक रामहरी नेपालसँग गरिएको विशेष कुराकानी :

१.प्राविधिक विश्लेषण भनेको के हो ? सामान्य पाठकले बुझ्ने गरि बताइदिनुस न ।

बजारको विगतका मुल्यको उतार चढावको आधारमा आगामी दिनको बजारको प्रक्षेपण गर्नुलाइ प्राविधिक विश्लेषण भनिन्छ । मुल्यको चार्ट र विभिन्न Indicator तथा टुल्सको मदतले बजारको भावी रुपरेखाको आकलन गरिन्छ भने त्यो प्राविधिक विश्लेषण हुन्छ । बजार कतिमा खुल्यो, अधितकम कति सम्म पुग्यो, न्युनतम कति सम्म पुग्यो र बन्द कतिमा भयो; यो ४ किसिमका डाटा नै प्राविधिक विश्लेषणको आधार हो । यसले कुनै पनि कम्पनी घटेको छ वा बढेको छ वा घट्ने तरखरमा छ वा बढ्ने तरखरमा छ भन्ने कुराको आकलन गर्न सहयोग पुर्‍याउछ ।

२ . नेपालको सेयर बजारमा प्राविधिक विश्लेषणले काम गर्दैन भन्छन नी , कतिको काम गरेको पाउनु हुन्छ?

सर्वप्रथम यसले कसरी काम गर्छ भन्ने बुझ्नु जरुरी छ । प्राविधिक विश्लेषण आफैमा ७०-८० प्रतिशत मात्र शुद्ध विश्लेषण हो । जब धेरै भन्दा धेरै व्यक्तिले चार्ट प्रयोग गरि कारोबार गर्छन तब यसले राम्रो काम गर्छ । तर नेपालमा हल्ला तथा नितिहरुमा आएको उतार चढाव बजार स्थिर छैन । जस्तै सागरमा जहाज कम्पासको सहायताले आफ्नो दिशामा गै रहेको हुन्छ । तर जब आँधिवेरी आउछ त्यो बेला जहाज कम्पासको दिशामा जान सक्दैन । जस्तै कुनै कम्पनीको प्राविधिक विश्लेषण गरि प्राफिट बुक वा स्टपलस गरियो तर भोलिपल्ट राइट सेयरको हल्ला पिटिन्छ । एक्कासि मूल्य बढ्छ । आज प्राविधिक विश्लेषण गरि कुनै कम्पनी किनियो भोली डिभिडेन्ड कमजोर दिन्छ अनि ओरालो लाग्छ ।

यस्तो अवस्थामा चार्टले काम गर्दैन । नेपालमा पनि हल्ला, नियमन निकायको नितिमा अस्थिरताले बजारमा असर गरि रहेको हुन्छ । अनि चार्ट हेरेर निर्णय नलिइ अन्यको सल्लाह सुझावमा कारोबार गरेको पाइन्छ । त्यो हुँदा प्राविधिक विश्लेषणले काम गर्दैन । विश्लेषक र लगानीकर्ता यदि एउटै भएमा उसको विश्लेषण शुद्ध हुदैन । यसबाट पनि प्राविधिक विश्लेषणको शुद्धतामा कमि आउछ । बजार बढे घट्ने प्रति सचेत गराउनु र बजार घट्दा बढ्ने बारे सचेत गराउनु नै प्राविधिक विश्लेषणको काम हो तर बजार बढ्दा बढ्यो बढ्यो बढ्यो भनी उक्साउने अनि बजार घट्दा घट्यो घट्यो घट्यो भनि डराउने शैलीको विश्लेषणले समस्या सिर्जना गरेको देखिन्छ । अनि बजार बढेको सबैलाइ मनपर्छ भन्दैमा सधै बढ्छ र बढ्ने सम्भावना देखाउनाले पनि धेरै विश्लेषकको विश्लेषण असफल हुने गरेको छ ।

३ . सेयर बजार प्रति कसरी आकर्षित हुनु भयो?

सेयर बजार वित्तीय स्वतन्त्रता प्राप्तीको एक राम्रो विकल्प हो । सोच्नुहोस न हामी हाम्रो पैसा कुनै पनि कम्पनीमा लगाएर उसले गरेको नाफाको हिस्सेदार बन्न सक्छौ । सेकेन्डरी मार्केटको पुँजीगत लाभको त सम्भावना छदै छ । अब नयाँ कम्पनी खोलेर विजनेस गर्न कति गाह्रो छ । पुँजीको अभाव, जोशको अभाव, समयको अभाव । तर पहिल्यै स्थापना भएर स्थापित कम्पनीको हिस्सेदारी बन्ने मौका यहि सेयर बजारले नै दिन्छ । विजनेश गर्ने अतृप्त इच्छालाइ सेयर बजारले पुरा गरिदिएको छ । यसैले आकर्षित भएको हुँ ।

४ . सामाजिक संजालमा प्राविधिक विश्लेषण गर्नेहरुले आफु अनुकुल विश्लेषण गर्ने, किनेर बसेका भए बढ्छ भन्ने बेचेर बसेको भए घट्छ भन्ने गरेर बजार विगारे भन्ने आलोचना हुने गर्दछ नी, यसलाइ कसरी लिनु हुन्छ?

माथिको प्रश्नमा पनि मैले भने लगानीकर्ता र विश्लेषक एउटै भए यो समस्या आउन सक्छ । लगानीकर्ता अलग प्रकृतिको व्यक्ति हो र विश्लेषक अलग प्रकृतिको व्यक्ति हो । खेलमा रेफ्रि नै खेलाडि भए जे समस्या आउछ यहाँ नि त्यहि समस्या आएको हो । विश्लेषकले विश्लेषण गर्दा आफ्नो पोर्टफोलियो विर्सनु पर्छ जस्तो लाग्छ मलाइ । आम लगानीकर्ताले प्राविधिक विश्लेषणमा विश्वास सम्म गर्नुहोस र अन्धविश्वास नगर्नुहोस भन्ने मेरो सुझाव रहन्छ ।

५ . बजारमा आउन चाहने नयाँ लगानीकर्तालाइ के सुझाव दिन चाहनु हुन्छ?

सेयर बजारमा धेरै अवसरहरु छ । डर र लोभलाइ बान्छित सिमामा राखी आए सेयर बजारबाट राम्रो कमाइन्छ । सेयरबजारको यात्रा जिन्दगिभरको हो । एक पटक बजार छिरेसि निस्किन मुस्किल छ कमाए पनि गुमाए पनि । धैर्यता एक असल लगानीकर्ताको गुण भएकाले त्यो गुण सबैले विकास गर्नु पर्छ । बजारमा आउन चाहाने नयाँ लगानीकर्तालाइ बजारमा कसरी कमाइन्छ र कसरी गुमाइन्छ भन्ने मोटामोटि ज्ञान लिएर मात्र बजार आउन अनुरोध गर्छु ।एक्पर्ट बन्नु पर्छ विश्लेषक नै भएर छिर्नु पर्दैन तर कमसेकम लगानीका आधारभुत सिद्धान्तबारे जानकार भए धेरै राम्रो हुन्छ ।

६ . लगानीकर्तालाइ केहि टिप्स दिनुहोस न :

 १. अत्यधिक लोभ र डरले तपाइको सेयर बजारको कमाइ गिराउछ । त्यसैले फियर र ग्रिडलाइ सिमामा कैद गर्नु होला ।

२. अल्पकालीन ऋण लिएर सेयर बजारमा जोखिम नलिनुहोला ।

३. घटेको बजारमा प्रवेश गर्नु कम जोखिमपुर्ण हुन्छ । भलै तत्काल नाफा नहोस तर रिस्क भन्दा रिवार्ड नै ज्यादा हुन्छ । पैसा हामिले खास वियरमा कमाउने हो । बुलमा त त्यो देखिने मात्र हो ।

४. ट्रेडरहरुले बेला बेला प्रोफिट बुक गर्ने र कमाएको जति सबै सेयर बजारमा नलगाउदा राम्रो । प्राफिट बुक गरेकै दिन खरिद गर्नु भयो भने त्यो खासै प्रोफिट बुक मानिदैन । कमाएको पैसाले आफ्नो इच्छा चाहाना र आवाश्यकता पुरा गर्नु भयो भने सेयर बजारको यात्रा मनोरक हुन्छ ।

५. आफ्नो गल्ती भन्दा अरुको गल्तीबाट सिके त्यसको मूल्य हामीले चुकाउनु पर्दैन । सफलताको कथाले भन्दा असफलताको कथाले परिपक्व बनाउछ ।

७ . अहिलेको बजारलाइ कसरी लिनु भएको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा पछि बजारको आगामी यात्रा कस्तो देख्नु हुन्छ?

अहिले बजार आफ्नो स्वभाविक गतिमा अघि बढिरहेको छ । किन्न वेच्ने अवसर सबैलाइ दिएको छ । कोरोना पछि मार्केटमा अन्य क्षेत्रको पैसा आएर जति बढेको थियो अहिले कोरोनाको प्रभाव कम भए सँगै त्यो पैसा फर्कियो बजारबाट । कोरोनाको प्रभाव कम हुनु लकडाउन नहुनु त्यो राष्ट्रिय अर्थतन्त्रको लागि असल कुरा हो भलै यस कारणले सेयर बजार घटे पनि । सेयर बजार पनि अर्थतन्त्रकै एक हिस्सा भएकाले सबै डामाडोल भएर सेयर बजार बढ्नु पर्छ भन्नु जायज हैन । बैंकमा तरलताको अभाव चै प्रष्टै देखियो । ४-१२ करोडको क्याप त सैद्धान्तिक हिसावले मात्रै देखियो व्यवहारिक हिसावले त आज ४ लाख ऋण पनि बैंकले सजिलै प्रवाह गर्न सकेन ।तरताको चुनौती नचिरुन्जेल बजारको बुलमा रोकावट आउन चाहि सक्छ । त्यो चाँहि डरको कारण ले धेरै हुन्छ । ४-१२ ले जति क्षति गर्नु गरिसक्यो । २४८० सम्म झरेको बजार २८०० सम्म पुगेको यो निति कायम रहदा नै हो तर यो क्याप हट्छ भनेर अपेक्षा गरेकाहरुबाट प्यानिक सेलिङ आउन सक्छ ।

डर अंकगणितिय हिसावले हैन ज्यामितिय हिसावले बढ्दा घट्न,सक्छ । आम लगानीकर्तालाई यो घट्दो बजारले असल कम्पनीहरु निकै सस्तो दरमा किन्न पाउने मौका नगुमाउनु होस यसको नतिजा केही महिनामा प्राप्त गर्नुहुनेछ भन्ने कुराको पनि बोध गराउनु चाहान्छु ।

अहिलेको सेयरबजारको यथार्थ समीक्षा | प्राविधिक विश्लेषण,अनुशासन र मनोविज्ञान | Atit Lal Shrestha

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको