Like us!
Follow us!
Connect us!
Watch us!

किसानको मागअनुसार दूधको मूल्य बढाउने तयारी, प्रतिलिटर १० रुपैयाँ बढ्न सक्ने

पत्रपत्रिका

आइतबार, १२ मंसिर २०७८, ०७ : ५० मा प्रकाशित

किसानको मागअनुसार दूधको मूल्य बढाउने तयारी, प्रतिलिटर १० रुपैयाँ बढ्न सक्ने

सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकोले दूधको मूल्य बढाउने गरी प्रारम्भिक छलफल भएको हो । किसान तथा उद्योगीको मागअनुसार मूल्य बढाउने तयारी राष्ट्रिय दुग्ध विकास बोर्डमा छ ।

दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ । सरोकारवाला पक्षको प्रस्तावमा बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म वृद्धि गर्ने गृहकार्य गरेको बताइएको छ । बोर्डले किसानको लागत मूल्य कति बढेको छ भनेर अध्ययन गरेको छ । बोर्ड, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ, दुग्ध विकास संस्थान ९डीडीसी० को सिफारिसमा दूधको मूल्य प्रस्ताव गरिन्छ ।

कारोबार दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको