Like us!
Follow us!
Connect us!
Watch us!

दूधको मूूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने तयारी

अर्थ संसार

बुधबार, १० फागुन २०७९, ०६ : ५८ मा प्रकाशित

दूधको मूूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने तयारी

राष्ट्रिय दुुग्ध विकास बोर्डले किसानले उत्पादन गरेका दूधको मूूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै प्रतिलिटर १० रुपैयाँ मूूल्य बढाउने प्रस्ताव बोर्डले गरेको हो ।

उद्योगी व्यवसायी, किसान प्रनिनिधि, दुुग्ध विकास संस्थान, पशुुसेवा विभाग र उपभोक्ताका प्रतिनिधिसहितको कमिटीले वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउन सिफारिस गरेको हो ।

वैज्ञानिक किसिमले अध्ययन गरेर दूधको मूूल्य प्रतिलिटर १० रुपैयाँ मूूल्य बढाउन कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ । बोर्डले एक साताअघि मन्त्रालयमा मूूल्य बढाउन प्रस्ताव पठाएको हो । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

यसअघि २०७८ माघ २८ मा सरकारले  दूधको मूूल्य बढाएको थियो । त्यति बेला प्रतिलिटर सात रुपियाँ बढाएर किसानको मूूल्य प्रतिलिटर ६० रुपियाँ पुु¥याइएको थियो । उपभोक्ता मूूल्य प्रतिलिटर ८६  रुपियाँ  कायम  गरिएको  थियो । गत पुसमा केही निजी डेरी उद्योगले आफूखुसी प्रतिलिटरमा १४ रुपियाँ मूल्य बढाएका थिए । वैज्ञानिक तवरले अध्ययन गरेर मूल्य बढाउने सहमति भएपछि बढेको मूूल्य फिर्ता भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको