Like us!
Follow us!
Connect us!
Watch us!

ओलीसहित पाँच नेताको बैठक : पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्दै

अर्थ संसार

आइतबार, १२ मंसिर २०७८, १० : ३९ मा प्रकाशित

ओलीसहित पाँच नेताको बैठक : पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार पार्दै

एमालेको १०औं महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै समापन हुने भएको छ । सकेसम्म सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गरी अध्यक्ष केपी ओली जुटेका छन् ।

अहिले ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमालको छुट्टै बैठक बसेको छ । बैठकले पदाधिकारी तथा केन्द्रीय कमिटी सूची बनाउने भएको छ । सोही सूचीलाई अध्यक्ष ओलीले बन्दसत्र हलमा सार्वजनिक गर्ने तयारी छ ।

शीर्ष नेताको बैठकअघि अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीसँग छुट्टाछुट्टै भेटेका थिए । ओलीले नेताहरूको कुरा मात्र सुनेको तर कुनै प्रतिक्रिया नसोधेको एक नेताले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको