Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको नाफामा सामान्य बृद्धि अन्य अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, ०७ : ०३ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको नाफामा सामान्य बृद्धि अन्य अवस्था कस्तो ?

नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विज्ञप्तीमा कम्पनीको मूनाफामा सामान्य बृद्धि देखिएको छ ।

यसअवधिमा इन्सुरेन्सको नाफा बढेर १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले १ अर्ब १२ करोड ६७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । अघिल्लो आर्थिक बर्षको मसान्तसम्ममा कम्पनीले कमाएको खुद मुनाफामा निर्जीवन बीमा व्यवसायबाट १ अर्ब १ करोड ५१ लाख रुपैयाँ र जीवन बीमा व्यवसाय १५ करोड ४३ लाख रुपैयाँ बराबरको योगदान रहेको छ ।

चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपिएस) ११ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ १७ पैसा र प्रतिसेयर कुल सम्पतीको मूल्य २९३.३० रुपैयाँ रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

61a42abe38eb5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको