Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, ०६ : ११ मा प्रकाशित

सपोर्ट लघुवित्तको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ३१.५७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष १ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको सातौँ वार्षिक साधारण सभा पौष १० गते हुनेछ ।

सभामा संस्थाको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको