Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको नाफासंगै अधिकांश सूचक नकारात्मक

अर्थ संसार

बुधबार, १८ साउन २०७९, ०५ : ५१ मा प्रकाशित

सपोर्ट लघुवित्तको नाफासंगै अधिकांश सूचक नकारात्मक

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा गिरावट छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड १० लाख १३ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३९.९६ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ३ करोड २३ लाख ७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ९.३२ प्रतिशतले घटेर ७ करोड ९० लाख ६२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ८ करोड ७१ लाख ८४ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि ३१.७७ प्रतिशतले घटेर ३ करोड ३३ लाख ५४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ४ करोड ८८ लाख ८८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ८ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा ५ करोड १० लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ६७.५९ प्रतिशतले बढि हो । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५५ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको