सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको ८ औँ बार्षिक साधारणसभा चैत्र ४ गते दुगौ पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ११.५७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले सर्वसाधारण समुहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु निर्वाीचत गर्नेछ ।
लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन २१ बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस