Like us!
Follow us!
Connect us!
Watch us!

२८ प्रतिशत बोनसका लागि ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन, अब मूल्य कति ?

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, ०६ : २२ मा प्रकाशित

२८ प्रतिशत बोनसका लागि ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन, अब मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

संस्थाको २८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ६ सय ९९ रूपैयाँ ३० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो  नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २ हजार १ सय ७५ रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाले सभा प्रयोजनका लागि कम्पनीले भोलि मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, आज मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाको मंसिर ३ गते, (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको नवौँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार  पोखरा ग्राण्ड , पोखरा , कास्कीमा बिहान १० बजेबाट सुरू हुनेछ । 

सभामा संस्थाको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

61a5728ad4a55.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको