Like us!
Follow us!
Connect us!
Watch us!

जीप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु, तीन जना घाइते

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, ०७ : ०३ मा प्रकाशित

जीप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु, तीन जना घाइते

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका-१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप  सोमबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको ज्यान भएको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले पुष्टि गरे । गौमाया रघुगंगा गाउँपालिका-१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् ।

दुर्घटनामा बलबहादुर विक, मनोज पुन, भीम फगामी र ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहररूलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको