Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको क्षेत्रीय तथा पुननिर्मित बुटवल शाखा कार्यालयको उद्घाटन सम्पन्न

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, १६ : ४७ मा प्रकाशित

कामना सेवाको क्षेत्रीय तथा पुननिर्मित बुटवल शाखा कार्यालयको उद्घाटन सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ६, पुष्पलालपार्कस्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिम प्रसाद तुलाचनले आज एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित कार्यालयको पुननिर्माण गरिएको थियो ।

बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासँगै सेवा प्रवाह अझै छरितो र व्यवसाय समेत वृद्धि हने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

उक्त उद्घाटन समारोहमा बैंकका संस्थापकहरु, पत्रकारहरु, ग्राहकहरु, बैंकका क्षेत्रीय प्रमुख, तथा कर्मचारीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको