Like us!
Follow us!
Connect us!
Watch us!

कर्न ब्राण्डका विश्वस्तरीय स्मार्टवाचहरु नेपाली बजारमा, मूल्य कति ?

अर्थ संसार

बुधबार, १५ मंसिर २०७८, १२ : ०७ मा प्रकाशित

कर्न ब्राण्डका विश्वस्तरीय स्मार्टवाचहरु नेपाली बजारमा, मूल्य कति ?

अन्तराष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल लन्च गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनलले एक कार्यक्रमकाबीच नेपालमा नयाँ स्मार्ट वाचहरुको घोषणा गरेको हो ।

कर्नका विश्व स्तरीय स्मार्ट वाचहरु डब्लूबी ०२, डब्लूबी ०३, डब्लूबी ०५ (WB02, WB03, WB05) नेपालमा उपलब्ध भएका छन् ।

यी स्मार्ट वाचहरुमा एमोलेड डिस्प्ले, वाटरप्रुफ फिचर,बिग ब्याट्रि क्यापासिटी,  नर्डिक सिपियूलगायतका विशेषता रहेका छन् र यसको प्रमुख विशेषतामा ३६५ दिनको वारेन्टी पनि रहेको छ ।

कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्व स्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र अब स्मार्ट वाच पनि ल्याएको बताए।

"हामीले कर्नका विश्वस्तरीय स्मार्टवाचहरु नेपाली बजारमा ल्याएका छौं। सूपथ मूल्यमा उच्चस्तरका विभिन्न फिचरहरु भएको स्मार्टवाचले नेपालीहरुलाई आकर्षित गर्नेछ। हामीले कर्नका उत्पादनहरु बेच्ने मात्र नभई ग्राहकहरुको ध्यान र सन्तुष्टिलाई समेत ध्यान दिने गरेका छौँ," उनले भने ।

कम्पनीले नेपाली बजारमा लन्च गरेका तीन ओटा मोडलका स्मार्टवाचहरुको मूल्य डब्लूबी ०२ ७,९९९/-, डब्लूबी ०३ को ८,१९९/-, डब्लूबी ०५ को ११,९९९/- तोकिएको जनाएको छ ।

सन् २०१८ मा सुरु भएको कर्न ब्राण्ड विश्वका ३७ वटा भन्दा बढी देशहरुमा बिक्री हुँदै आएको छ । नेपालसहित विश्वका अन्य देशहरु इजिप्ट, बंगलादेश, श्रीलंका, क्यानाडा, रसिया, इजरायल, म्यानमार लगायतका देशहरुमा उपलब्ध छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको