Like us!
Follow us!
Connect us!
Watch us!

कर्न सीडब्लु ७० स्मार्टवाच नेपाली बजारमा, मूल्य कति छ ?

अर्थ संसार

आइतबार, २९ जेठ २०७९, १३ : ०४ मा प्रकाशित

कर्न सीडब्लु ७० स्मार्टवाच नेपाली बजारमा, मूल्य कति छ ?

अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा नयाँ स्मार्टवाच मोडल लन्च गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बिच नेपालमा नयाँ स्मार्ट वाचहरुको घोषणा गरेको हो ।

कर्नको विश्व स्तरीय स्मार्ट वाच सीडब्ल् ७० मोडल नेपालमा उपलब्ध भएको छ ।

कर्नको नयाँ स्मार्टवाचमा १.८२ इन्चको आईपीएस डिस्प्ले, वाटरप्रफ फिचर, बिग ब्याट्री क्यापासिटी, वायरलेस चार्जिङ्ग, ब्लड अक्सिजन मनिटर, हर्टरेट मनिटर लगायतका विशेषता रहेका छन् । यसका साथै यसमा यसको सबैभन्दा ठूलो विशेषता भनेको ब्लूटूथ कलिङ्ग फिचर रहेको छ । नयाँ स्मार्टवाचमा ३६५ दिनको वारेन्टी पनि रहेको कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर राज गुप्ताले बताए।

कम्पनीले कर्न सीडब्ल ७० स्मार्टवाचको बजार मूल्य ६९९९ तोकिएको छ भने प्रि बुक गर्नेहरुले ६ हजार ४ सय ९९ रुपैयाँमा किन्न सक्नेछन् । प्रि बुक गर्नेहरुलाई फोल्डेबल पोर्टेबल वाटर स्प्रे फ्यान उपहारमा दिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको