Like us!
Follow us!
Connect us!
Watch us!

नौ लाख मात्र कोभिसिल्ड आइपुग्यो, मोडेर्नाको खोप शुक्रबार आइपुग्ने

पत्रपत्रिका

विहीबार, १६ मंसिर २०७८, ०९ : ११ मा प्रकाशित

नौ लाख मात्र कोभिसिल्ड आइपुग्यो, मोडेर्नाको खोप शुक्रबार आइपुग्ने

मोडेर्ना कम्पनीले कोरोना भाइरस विरुद्ध उत्पादन गरेको खोप । शुक्रबार पहिलो पटक नेपालमा ल्याइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय व्यवस्थापन महाशाखा अन्र्तगत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले शुक्रबार कोभिडविरुद्धको मोडेर्ना खोप आउन लागेको जानकारी दिए ।

उनले कोभ्याक्स सुविधा अन्तरगर्त एक लाख ८८ हजार मात्रा खोप आउन लागेको जानकारी दिए । अमेरिकी कम्पनीले उत्पादन गरेको मोडेर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । मोडेर्ना खोप फाइजर जस्तै १८ वर्ष मुनिका बालबालिकालाई पनि दिन सकिन्छ । तर नेपालमा आउन लागेको खोप कसलाई दिने भन्ने विषयमा केही पनि निर्णय हुन सकेको छैन ।

थप नौ लाख ७२ हजार मात्रा कोभिशिल्ड आइपुग्यो

बुधबार नेपालमा थप नौ लाख ७२ हजार मात्रा कोभिशिल्ड खोप ल्याइएको छ । सरकारलाई कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त भएको थप नौ लाख ७२ हजार खोप काठमाडौँ आइपुगेको हो । दुई दिनअघि पनि कोभ्याक्स सुविधा अन्तर्गतको सात लाख २५ हजार मात्रा खोप आएको थियो । कोभ्याक्स सुविधा अन्र्तगत नेपालले पाउने ६० लाख मात्रा खोपको निरन्तरतामा नौ लाख खोप आएको हो ।

व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले ६० लाख खोपमध्ये पहिलो पटक सात लाख २५ हजार र बुधबार दोस्रो पटक थप नौ लाख ७२ हजार मात्रा खोप आएको जानकारी दिए । उनले आगामी मङ्गसिरमा कोभ्याक्स सुविधा अन्तर्गत नै थप ६ लाख डोज कोभिसिल्ड आउन लागेको बताए ।

गोरखापत्र दैनिकबाट ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको