महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा "युवासँग – महालक्ष्मी लाईफ" कार्यक्रम सम्पन्न गरेको छ ।
नव छितिज कलेज बर्दिवासमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते बिहान सञ्चालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमाको महत्व बारेमा प्रकाश पारेका थिए । सिनियर एजेन्सी मेनेजर रोहन घटानीले सञ्चालन गरेका कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए । सोही दिन दिउँसो जनकपुरको मोडेल मल्टिपल कलेजमा सञ्चालित बीमा जागरण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा १३० विद्यार्थीको सहभागिता रहेको थियो।
त्यसैगरी, मंसिर १४ गते जे. एस. मुरारका बहुमुखि क्याम्पस लाहानमा क्याम्पस प्रमुख तुलसी राम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले स्वागत मन्तव्य दिएका थिए । १३० जना विद्यार्थीहरुको सहभागिता रहेको कार्क्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन रोहन घटानीले गरेका थिए ।
मंसिर १५ गते त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा पनि "युवासँग- महालक्ष्मी लाईफ" कार्यक्रम सम्पन्न भएकाे थियाे । सहायक क्याम्पस प्रमुख सुभाष पाण्डेको अध्यक्षतामा सञ्चालित प्रशिक्षण कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशन्तराज धमलाले प्रशिक्षण दिए । ५० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस