Like us!
Follow us!
Connect us!
Watch us!

बेलायतमा एकै दिनमा ५४ हजारमा कोरोना संक्रमण, भारतमा पनि देखियो ओमिक्रोन

अर्थ संसार

शुक्रबार, १७ मंसिर २०७८, ०६ : ४४ मा प्रकाशित

बेलायतमा एकै दिनमा ५४ हजारमा कोरोना संक्रमण, भारतमा पनि देखियो ओमिक्रोन

बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ  । सरकारले विहिवार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिना पछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९४५ पुगेको हो । पछिल्लो तथ्यांक अनुसार १४१ जनाको कोरोनाका कारणले निधन भएको छ ।

त्यस्तै विश्व मााझ त्रासको रुपमा देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखिएको छ ।  दक्षिण अफ्रिकाबाट कर्नाटक आएका दुई जनामा यो भेरियन्ट देखिएको हो ।  उनीहरूमा सामान्य लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

संक्रमित दुबै पुरुषहरुलाई निगरानीमा राखिएको छ । नयाँ भेरियन्ट देखिएसँगै अन्य सहरहरुमा पनि परीक्षण सुरु गरिएको छ । 
ओमिक्रोन देखिएपछि भारतले दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बंगलादेश, बेलायत, हङ्कङ र इजरायललगायतका उच्च जोखिम भएका देशबाट आउने यात्रुलाई कडाइ गरेको छ ।

ती देशबाट आउने यात्रुको कोभिड परीक्षण गरिने र कोभिड नतिजा नआएसम्म उनीहरुलाई विमानस्थलबाहिर जान रोक लगाइने भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोभिड पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिने रउनीहरूको नमुना ओमिक्रोन जाँचका लागि जीन सीक्वन्सिङ गर्न पठाइने मन्त्रालयले जनाएको छ । 
त्यस्तै, ती देशबाट आउने यात्रुहरु एक साता घरमा क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको