Like us!
Follow us!
Connect us!
Watch us!

ओमिक्रोनलाई नजरअन्दाज नगरौं,विश्वभर कोभिड अस्पताल भरिए:  डब्लूएचओ

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, १० : ०३ मा प्रकाशित

ओमिक्रोनलाई नजरअन्दाज नगरौं,विश्वभर कोभिड अस्पताल भरिए:  डब्लूएचओ

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भएको र यसलाई यसलाई मझौला लक्षणको भनेर नजरअन्दाज गर्न नहुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रिससले नयाँ भेरियन्टका कारण विश्वभर संक्रमितको संख्या तीव्र बृद्धि भएको र कोभिड अस्पताल भरिएको बताएका छन् । 

‘खोप लगाउनेका लागि ओमिक्रोन संक्रमण डेल्टाको तुलनामा कम घातक छ । यसको अर्थ यो होइन कि यसलाई हल्क भनेर वर्गीकरण गर्नु हुदैन्, ’ घिब्रिससले भने । अन्य भेरियन्टजस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य भएको उनको भनाई छ । ‘यसअघिका भेरियन्टजस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य छ,’ उनले भने । 

ओमिक्रोनले स्वास्थ्य क्षेत्रमा सुनामी ल्याउन थालेको उनको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको