Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद पुस ७ गतेबाट, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

अर्थ संसार

शुक्रबार, १७ मंसिर २०७८, ०७ : ५२ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद पुस ७ गतेबाट, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पुस ७ गतेबाट हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले १ बराबर १ को अनुपातमा  कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

पुस ७ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

बैंकको माघ १६ गते, शुक्रबार सम्पन्न भएको १९औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १००५ हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा १ः२ अनुपातमा ९२००५० १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले भने जेठ २० गते, बिहीबार १स्१ को अनुपातमा मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृती दिएको थियो । 

बैंकले यसअघि पनि आफ्ना लगानीकर्तालाई माघ १३ गते, मंगलबारदेखि फागुन ३ गतेसम्म १स्१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

61a97c421145a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको