Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड, २७ हजार २५७ कित्ता सेयर लिलामीमा आउने

अर्थ संसार

शुक्रबार, १७ मंसिर २०७८, १० : ५१ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड, २७ हजार २५७ कित्ता सेयर लिलामीमा आउने

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गते, साेमबारबाट कार्तिक २९ गते, साेमबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयर बाँडफाँड गरिएकाे छ । बैंकले हिजाे (मंसिर १६ गते, बिहीबार) हकप्रद सेयर बाँडफाँड गरेकाे हाे ।

बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने ६ हजार एक सय ८० जना आवेदकहरूलाई २४ लाख ६ हजार एक सय ६ दशमलव ४७३८ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएकाे बैंकले जनाएकाे छ । जस अनुसार अब नबिकेकाे २७ हजार २ सय ५७ कित्ता हकप्रद बैंक लिलाम बढाबढ गरी बिक्री गर्नेछ ।

बैंककाे हकप्रद सेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61a9a7241ca8e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको