Like us!
Follow us!
Connect us!
Watch us!

हालै आईपीओ निष्कासन गरेकाे तेह्रथुम पावरकाे नाफामा आकर्षक सुधार, ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, १७ मंसिर २०७८, १२ : २५ मा प्रकाशित

हालै आईपीओ निष्कासन गरेकाे तेह्रथुम पावरकाे नाफामा आकर्षक सुधार, ईपीएस कति ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीकाे नाफासहित प्रमुख वित्तीय सूचकहरूमा आकर्षक सुधार देखिएकाे छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनी ८६ लाख ७० हजार रुपैयाँ नोक्सानमा थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी पनि १०७.१६ प्रतिशतले बढेर ४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीकाे नाफा बढ्न मद्दत पुगेकाे हाे ।

त्यस्तै, कम्पनीको चुक्ता पुँजी ४० कराेड रुपैयाँ रहेको छ । कम्पनीकाे जगेडा काेष ८ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ रहेकाे छ ।

कम्पनीले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । जस अनुसार ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका थिए । बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएकाे थियाे । अन्तिम दिनसम्म २३ लाख ५५ हजार ७ सय ४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको छ । बाँकी २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य थियाे ।

कम्पनीकाे ४० लाख कित्ता साधारण सेयर (आईपीओ) कार्तिक ११ गते, बिहीबार नेप्सेमा सूचिकृत भएकाे थियाे ।

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61a9c0918cdd4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको