Like us!
Follow us!
Connect us!
Watch us!

अध्यक्ष नियुक्ती प्रक्रिया लम्बियो, हकप्रद र आईपीओ निष्काशनको अनुमति दिने बोर्डको तयारी

अर्थ संसार

शुक्रबार, १७ मंसिर २०७८, १३ : ३२ मा प्रकाशित

अध्यक्ष नियुक्ती प्रक्रिया लम्बियो, हकप्रद र आईपीओ निष्काशनको अनुमति दिने बोर्डको तयारी

नेपाल धितोपत्र बोर्डका प्रमुख कार्यकारी अधिकृत निरज गिरीले अब बोर्डका अध्यक्षको नियुक्ति नभएपनि प्रक्रिया पुरा गरेका कम्पनीहरुलाई साधारण सेयर (आईपिओ) र हकप्रद निष्काशनको अनुमति दिने बताएका छन् । 

अर्थसंसारसंगको कुराकानीमा गिरीले भने "हामिले यस अघि पनि एउटा कम्पनीलाई हकप्रद जारी गर्ने अनुमति दिइसकेका पनि छौ अब क्रमशः प्रक्रिया पुरा गरेका कम्पनीहरुलाई आईपिओ र हकप्रद निष्काशनको अनुमति दिने कुरा बोर्डमा भइसकेको छ अब बस्ने बोर्डको बैठकबाट नै हामिले पाइपलाईनमा भएका मध्य सबै प्रक्रिया पुरा गरेका कम्पनीहरुलाई अनुमति दिन्छौ अध्यक्षको नियुक्ति प्रक्रिया एकातिर चल्दै गर्छ अब बोर्डका नियमित कामहरु रोकिदैन ।"   

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछियपछि अहिले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त भएका थिए । अर्थमन्त्रालयले हालका लागि प्रमुख कार्यकारी अधिकृत निरज गिरीलाई कामबाही संचलनको जिम्मेवारी दिएको थियो तर पनि अध्यक्ष निलम्बनको यति लामो समय बितिसक्दा समेत बोर्डले कुनै पनि कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको थिएन भने हालै मात्र नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । 

अदिरहेको बोर्ड अध्यक्ष छनोटका विषयमा कानूनी रुपमा विवाद देखिएपछि नयाँ समिति गठन गर्नुपर्ने भएकाले अहिले अध्यक्षको नियुक्ति प्रक्रिया समेत लम्बिएको छ ।धितोपत्र समिति ऐन अनुसार नेपाल सरकारको तर्फबाट मन्त्रीपरिषद् बैठकले छनोट समिति गठन गर्नुपर्नेछ । यसअघि भने अर्थ मन्त्रालयले समिति बनाएको थियो । 

यसअघि नेपाल धितोपत्र बोर्डले अध्यक्षका लागि खोलेको विज्ञापनमा ११ जनाबाट आवेदन परेको थियो । बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप कार्यकारी निर्देशक डा। नवराज अधिकारी, नेप्सेका पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, नेपाल राष्ट्र बैंकका पूर्व ​कार्यकारी निर्देशक डा. गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अमगाईँ, अनिल पौडेल, कृष्ण आचार्य र हेमन्त बस्यालको आवेदन दिएका थिए ।

अहिले ७ वटा कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद सेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् भने २५ वटा कम्पनी साधारण सेयर(आईपिओ) निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको