भिजन सेक्यूरिटिज प्रा.लिको आयोजना भैरहवामा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम हिजो शनिबार सम्पन्न भएको छ ।
नेपालको पुँजीबजारमा अहिले भित्रियका लाखौँ नयाँ लगानीकर्ताहरुमा सचेतना जगाउने र पुँजी बजारका बारेमा ज्ञान अभिबृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको भिजन सेक्यूरिटिजका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले बताए ।
१५० जना भन्दा बढि लगानीकर्ताहरु उपस्थित भएको कार्यक्रममा नेपाल पुँजीबजार लगानीकर्ता संघका लुम्बिनी प्रदेश संयोजक माधव पाण्डे, सहसंयोजक सुर्य पाण्डेको समेत उपस्थिती थियो । प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी थिए भने कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डका उप निर्देशक रुपेश केसीले गरेका थिए ।
काठमांडौ उपत्यका बाहिर पनि यसरी लगानीकर्ताहरुलाई सचेत गराउने उदेश्यले आयोजना गरिने यस्ता कार्यक्रमहरुले लगानीकर्ताहरुको क्षमता अभिबृद्धि र पुँजीबजारको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने भन्दै उप निर्देशक केसीले आगामी दिनहरुमा बोर्डले पनि लगानीकर्ताहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रहरु आयोजना गर्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस