आईएमई लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ । आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिले भन्दा अझ बढी र गुणस्तरिय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्व साधारणहरुलाई दिने विश्वास कम्पनीले लिएको छ ।
लाइफ इन्स्याेरेन्स कम्पनीहरुमध्ये च्याटबाेट मार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आईएमई लाइफ इन्स्याेरेन्सले आज भन्दा एक वर्ष पहिले आजकै दिनबाट च्याटबोट सेवा उपलब्ध गराएको हो । एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी थप सुविधासहित प्रविधि मैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीले जनाएको छ ।
थप सुविधा दिन तथा प्रविधि मैत्री बनाउनको लागि च्याटबोटमा आर्टिफिसियल ईन्टेलिजेन्स तथा डिजिटल प्रविधी अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाईएको छ ।
बितेको एक वर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हालसम्म झन्डै एक लाख सत्तरी हजार वटा प्रश्नहरु आएको तथा च्याटबोटद्वारा समाधान गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस