Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वी युरोपमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, ०८ : ४६ मा प्रकाशित

पूर्वी युरोपमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै

पूवीं यूरोपमा कोभिड संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।  यहाँ संक्रमितको संख्या दुई करोड नाघ्ने अनुमान गरिएको छ । पूर्वी युरोपको जनसंख्या विश्वको कूल जनसंख्याको ४ प्रतिशत मात्र भए पनि विश्वभरका संक्रमितमध्ये २० प्रतिशत संक्रमित यहाँ छन् ।

पूर्वी युरोपका तीन देशहरु रसिया, युक्रेन र रोमानियामा संक्रमितको संख्या उच्च छ । युक्रेनमा जम्मा १९ प्रतिशतले खोप लगाएका छन् । पूर्वी युरोपमा प्रतिबन्ध खुकुलो पारेसँगै घरभित्रका समाजिक जमघट बढ्दा संक्रमितको सख्ंया पनि बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।  बुलगेरियाको राजधानी सोफियामा र अन्य सहरमा खोप अनिवार्य गरिएको छ । 

 पूर्वी युरोपमा सबैभन्दा बढी रसियामा संक्रमित देखिएका छन् । रसियामा हरेक पाँच मिनेटमा १२० जनामा कोरोना पोजेटिभ देखिएको छ । रसियामा आधा भन्दा थोरै मानिसले खोप लगाएका छन् । खोपप्रतिको अविश्वासका कारण धेरैले खोप नलगाएका हुन् ।

पूर्वी युरोपमा खोप नलगाउने जमात पनि बढ्दो छ । सबैभन्दा धेरै हंगेरीका मानिसहरुले खोप लगाउन अनिच्छा देखाएका छन् । हंगेरीमा जम्मा ६२ प्रतिशतले पहिलो डोज लगाएका छन् । युरोपेली देशमा नयाँ संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । यहाँ औषतमा देनिक ८३ हजार नयाँ संक्रमित भेटिएका छन् । 

यसैबीच, युरोपेली युनियनका तीनमध्ये एउटा देशका बासिन्दा त्यहाँको स्वास्थ्य उपचार प्रणालीप्रति विश्वास नगर्ने युरोपेली आयोगले गरेको एउटा सर्बेक्षणमा जनाइएको छ । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको