अहिले प्रयोगमा अाइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचअो) ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा माइक रायनले बताएका छन् ।
प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन सक्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा अाएकै खोपले काम गर्ने देखिएको हो ।
चलन चल्तिमा अाएका खोप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ । एजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस