Like us!
Follow us!
Connect us!
Watch us!

बालिका बलात्कार मुद्दामा १८ वर्ष कैद

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, १० : ०८ मा प्रकाशित

बालिका बलात्कार मुद्दामा १८ वर्ष कैद

संखुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दाेषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेकाे  छ ।

१३ वर्षीया बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका-९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेकाे हाे ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मंसिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडिले राहत कोषमा  २२ सय रुपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले बताए ।

पीडित बालिकालाई आरोपितले गत वैशाखमा बलात्कार गरेको मुद्दा परेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको