Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीले मात्र नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद पाउने

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, ०८ : ११ मा प्रकाशित

आजसम्म कायम सेयरधनीले मात्र नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद पाउने

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि भोलि मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेकोले आज मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

बैंकले पुस ७ गतेबाट १ बराबर १ को अनुपातमा  कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । पुस ७ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

बैंकको माघ १६ गते, शुक्रबार सम्पन्न भएको १९औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १००५ हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा १ः२ अनुपातमा ९२००५० १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले भने जेठ २० गते, बिहीबार १स्१ को अनुपातमा मात्र हकप्रद सेयर निष्कासन गर्न स्वीकृती दिएको थियो । 

बैंकले यसअघि पनि आफ्ना लगानीकर्तालाई माघ १३ गते, मंगलबारदेखि फागुन ३ गतेसम्म १स्१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको