Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकद्धारा विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १६ : ४६ मा प्रकाशित

सेञ्चुरी बैंकद्धारा विद्यार्थीहरुलाई न्यानो कम्बल वितरण

सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल वितरण गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा सिमान्तकृत बालबालिकाहरुलाई उच्च शिक्षा तथा सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यसहित लक्ष्मि प्रतिष्ठानद्धारा संचालन गरिएको कुमार बलराम स्मृती छात्राबासमा रहेका ४९ जना सिमान्तकृत वर्गका विद्यार्थीहरुलाई जाडो मौसमको मध्यनजर गर्दै एक समारोहकाबीच न्यानो कम्बल वितरण गरिएको हो ।

उक्त कार्यक्रममा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक ईश्वर रानाभाट लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायत विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।   


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको