Like us!
Follow us!
Connect us!
Watch us!

वार्षिकोत्सवमा एनसीसी बैंकको रक्तदान कार्यक्रम

अर्थ संसार

शुक्रबार, २४ मंसिर २०७८, १३ : ०६ मा प्रकाशित

वार्षिकोत्सवमा एनसीसी बैंकको रक्तदान कार्यक्रम

एनसीसी बैंक लिमिटेडको २५ औं वाषिर्कोत्सवको उपलक्ष्यमा हिजाे (मंसिर २३ गते, बिहीबार) बैंकले रक्तदान कार्यक्रम गरेकाे छ ।

बैंकले प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमति प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी गरी ९ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम  आयोजना गरी रगत संकलन गर्ने कार्य सम्पन्न गरेको हाे ।

उक्त रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताहरुबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । साथै हालसम्म १६८ पटक रक्तदान गरेका काठमाडाैँ, बागबजार निवासी प्रेम सागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उनको योगदानलाई सम्मान गर्दै कदर प्रत्र प्रदान गरेका छन् ।

साथै बैंकले २५ औं वाषिर्कोत्सवको अवसरमा “एनसीसी सिल्भर सेभिङ्ग खाता”, “एनसीसी सुगम सिल्भर मुद्धती खाता”, “एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता” र “एनसीसी सिल्भर रेमिट मुद्धती खाता” जस्ता आकर्षक निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ । 

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी  १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको