Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास

अर्थ संसार

शुक्रबार, २४ मंसिर २०७८, १३ : ४१ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा. वडा नं. ३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको आज (मङ्सिर २४ गते, शुक्रबार) का दिन बिहान ८ बजको शुभ साहितमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट शिलान्यास सम्पन्न भएकाे छ ।

शिलान्यासको शुभ साहितको समयमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट भवनको जगमा शिला राखेर शुभ साहितमा भवनको शिलान्यास गरेका हुन् । 

उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत सम्पूर्ण सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको