Like us!
Follow us!
Connect us!
Watch us!

नियतबश सेयर बजार घटाउनकै लागि नीति ल्याउनेप्रति विरोध गरेका हौँ  : अम्बिका पौडेल

अर्थ संसार

शुक्रबार, २४ मंसिर २०७८, १६ : ४५ मा प्रकाशित

नियतबश सेयर बजार घटाउनकै लागि नीति ल्याउनेप्रति विरोध गरेका हौँ  : अम्बिका पौडेल

सेयर विश्लेषक एवमं उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले नियतबश सेयर बजार घटाउनकै लागि नीति ल्याउनेप्रति विरोध गरिएको तथा असहमति जनाइएको बताएका छन् ।

पुँजी बजारमा देखिएका नितिगत समस्या र निराकरणको रणनिती बनाउने उद्देश्यले आयोजना गरिएको लगानीकर्ताहरूको बृहत् छलफल कार्यक्रममा बोल्दै उनले आफूहरूले नियतबश सेयर बजार घटाउनकै लागि नीति ल्याउनेहरूप्रति विरोध गरिएको तथा असहमति जनाइएको बताएका हुन् । 

बजारलाई सधैँभरी स्वतन्त्र ढंगले चल्न दिनुपर्ने उनले बताए । नियामक निकायहरूले एकपछि अर्को गर्दै प्रहार गरेका नीतिहरूले गर्दा आमलगानीकर्ताहरूको सम्पत्ति असुरक्षित बनेको उनले बताएका छन् ।

कार्यक्रममा बोल्ने क्रममा उनले नीति निर्माणमा संलग्न सरकार, नियामक तथा प्रशासकलाई पुँजी बजार के हो र यसको महत्व के छ बुझाउन नसकेको जस्तो आफूलाई लागेको बताए । सञ्चार माध्यमले पनि बुझाउन सक्नुपर्ने उनले जोड दिए ।

अहिले पुँजी बजारले बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये जम्मा २ दशमलव ५ प्रतिशत मात्र कर्जा उपयोग गरेको बताउँदै उनले पुँजी बजारले बैंकिङको तरलता सबै लियो भन्ने कुनै पनि तथ्यमा आधारित नरहेको बताए । राष्ट्र बैंकको ४–१२ को क्यापले आम लगानीकर्ताको मनोविज्ञानमा अत्यन्तै नकारात्मक असर गरेको पनि उनले बताएका छन् । 

१ लाखको जग्गा ५० लाख पुग्दा तथा सुनको भाउ १ लाख पुग्दा केही नभनिएपनि ११ सयको नेप्से २ वर्षमा ३२ सय पुग्यो भनेर बारम्बार भन्ने गरिएको उनी बताउँछन् । पुँजी बजार बढेको छ र अब यसलाई घटाउनुपर्छ भन्ने मान्यताकै कारण अहिले बजारमा समस्या देखिएको उनको धारणा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको