Like us!
Follow us!
Connect us!
Watch us!

सरकार र नियामक निकायले सेयर बजारलाई बुझ्नै सकेनन् : अम्बिका प्रसाद पौडेल

अर्थ संसार टक

आइतबार, ११ पुस २०७८, १४ : ४७ मा प्रकाशित

उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पुर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले नियामक निकाय तथा सरकारले पुँजी बजारलाई राम्ररी बुझ्नै नसकेको आरोप लगाएका छन्।  

अर्थसंसार डट कमको कार्यक्रम अर्थसंसार टकमा बोल्दै उनले नियामक निकाय र सरकारले पुँजी बजारलाई सकारात्मक रुपमा हेर्न नसक्दा नेपालको सेयर बजार बामपुड्के नै रहन गएको र अभिभावकबाट राम्रो स्याहार सुसार नपाउँदा कुपोषणको शिकार भएको बालकको जस्तो हालत पूँजी बजारको हुन गएको बताए।  

जति रकम बिलाशीताको बस्तुहरु आयात गर्नमा बाहिर गएको छ, त्यसको १०% पनि पैसा सेयर बजारमा आएको छैन। बिशेषगरी राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४/१२ को क्यापप्रति लक्षित गर्दै उनले वित्तिय  प्रणालीबाट त्यत्ति थोरै रकम पुँजी बजारमा जाँदा पनि राष्ट्र बैंकलाइ किन टाउको दुखेको हो भन्ने कुरा आफूले बुझ्न नसकेको बताए।  यत्रो ठुलो जनसंख्या जोडिएको बजारको बारेमा पोलिसी ल्याउँदा नियामक निकायहरुले एकदमै ख्याल पुर्याउनुपर्ने पनि उनले बताए।  

नेपालको प्रतिव्यक्ति आय, आर्थिक स्थितिको अवस्था हेर्दा ९/१० करोड पर्ने गाडी, ५० औं हजार लिटर पर्ने रक्सी, हजारौं पर्ने महँगा कस्मेटिकहरु आयात गर्नुपर्ने के आवश्यकता छ भन्ने प्रश्न गर्दै उनले कहिलेकाँही धेरै जनता जोडिएको विषयमा सरकारले, नियामक निकायले लिने निर्णयहरुले आफु अचम्मित हुने गरेको बताए।  

बजार बढ्दा केहि आवाज नउठाउने लगानीकर्ताहरुका संगठनहरु बजार घटेको बेला मात्रै बजार सुधारको आवाज उठाछ्न नि भन्ने प्रश्नमा उनले बजार बढ्यो या घट्यो भनेर लगानीकर्ताहरुले आवाज नउठाएको बरु पुँजी बजारको संस्थागत विकासको लागि आफूहरुले सँधै आवाज उठाएको बताएका छन् ।  बजार बढिरहेको बेलामा आवाज अलि सानो सुनिने तर बजार घट्दै गर्दा लगानीकर्ता , मिडिया, सरोकारवालाहरु सबैले बोलिदिदा आवाज ठूलो सुनिए जस्तो लागेको पनि उनले बताए।  

यतिबेला धेरै राम्रा राम्रा कम्पनीहरु एकदमै सस्तो मूल्यमा आइपुगेको बताउँदै उनले राम्रो प्रतिफल दिनसक्ने कम्पनीका सेयरहरु छानी छानी उठाउने बेला आएको पनि बताएका छन। ३/४ महिनाको अवधिमा ३०% को हाराहारीमा बजार घट्नु भनेको धेरै घटेको हो , यस्तो बेलामा लगानीकर्ताहरुले विवेकशील रुपमा प्रस्तुत हुनुपर्ने पनि उनले बताए।  

भिडियाे हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको